मास्क डिस्पोज गर्न नजाने कोरोना संक्रमणको खतरा, बढि जोखिममा को छ ?

बाँके, ११ भाद्र, २०७८ ।


मास्क प्रयोग गरिसकेपछि यसको सही तरिकाले बिसर्जन गर्न नजान्ने हो भने यसबाट संक्रमण निम्त्याउने खतरा उत्तिकै छ । सर्जिकल मास्क एकपटक प्रयोग गरिसकेपछि धोएर वा डिसइन्फेक्ट गरेर पुनः प्रयोगमा ल्याउन मिल्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग अत्यधिक भइरहेको छ । जसका कारण सडकपेटी, बाटो, गल्ली, फोहोरको थुप्रो आदिमा सर्जिकल मास्क यत्रतत्र असरल्ल देख्न सकिन्छ । विश्वभरि नै सर्जिकल मास्क प्रदूषणको मुख्य कारण बन्न थालेको विज्ञहरु बताउँछन् । यसले मानिससँगै अन्य जनावरमा पनि असर पु¥याइरहेको छ भन्ने बसह सुरु भएका छन् ।
कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोग समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।
मास्कको व्यवस्थापन कसरी गर्ने ?
संक्रमितले प्रयोग गरेको मास्क बिर्सजन गर्दा ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरले सफा गरेर मात्रै फोहोरमा मिसाउनुपर्छ । यस्तै मास्कलाई ०.४ सोडियम हाइड्रो क्लोराइड भएको डस्टबिनमा डिस्पोज गर्ने सकिन्छ । सजिलै खोल्न नमिल्ने प्लास्टिकको झोलामा राखेर पनि डिस्पोज गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई अटोक्लिप गरेर मात्र डिस्पोज गर्नुपर्छ ।
जथाभावी फालिएका मास्कबाट बढि जोखिममा को छ ?
अधिकांश सर्जिकल मास्कहरू एकचोटि प्रयोगमा ल्याइसकेपछि बिर्सजन गर्नुपर्ने हुँदा फोहोरको मुख्य स्रोत प्रयोग गरिसकेका मास्क बन्न थालेका छन् । काठमाडौंजस्ता सहरी क्षेत्रमा बाटोमै फोहोर थुपारेर राख्ने र हप्तौँसम्म नउठ्ने हुँदासमेत संक्रमणको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । ‘घरमा रहँदा डस्टबिनमा फोहोर व्यवस्थापन गरिएको पाइए पनि सीधै डिस्पोज नगर्ने अर्थात् पालिकाले फोहोर व्यवस्थापनमा ढिलाइ गर्ने आदि कारणले काठमाडौंजस्ता उच्च स्थानमा संक्रमणको जोखिम बढी रहन्छ । यसको सीधा असर सरसफाइकर्मीमा परिरहेको छ ।’

Previous articleठूला राजनीतिक दल फुट्दा नेपालको संविधान संकटमा : ह्रदेयश त्रिपाठी
Next articleकोरोनाको ग्राफ उकालो लागेपछि नेपालगन्जमा पुनः आइसोलेशन संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here