कोरोनाको ग्राफ उकालो लागेपछि नेपालगन्जमा पुनः आइसोलेशन संचालन

बाँके, ११ भाद्र, २०७८ ।


कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पुनः आइसोलेशन संचालनमा ल्याएको छ । नारी उत्थान केन्द्रमा रहेको आइसोलेशनलाई शुक्रवारदेखि बाल मन्दिरमा सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख डा. धवलशमशेर राणाले आवश्यकताको आधारमा वार्डमा पनि आइसोलेशन संचालन गरिने बताए । उनले कोरोना संक्रमित महिलाका लागि छुट्टै आइसोलेशन स्थापना गर्न लागेको जानकारी दिए ।
उपप्रमुख उमा थापा मगरले नेपालगन्जले सीमाक्षेत्र भएर आउनेहरुका लागि समेत ध्यान दिएर आइसोलेशन सञ्चालन गरेको भन्दै सम्पूर्ण स्थानीय तहले तत्काल आईसोलेशन केन्द्र सञ्चालन गर्न सुझाव दिइन् ।
स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने जानकारी दिए । हाल सीमा नाकामा गरिने परीक्षणका क्रममा संक्रमित फेला पर्नेको संख्या बढ्न थालेको बताए । उनीहरुलाई घरसम्म सुरक्षित फर्काउने व्यवस्थापन नभएसम्म केन्द्रमा राखिने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल वाल संगठन बाँकेका अध्यक्ष दत्तप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झना, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोभिड रोकथाम र नियन्त्रणमा नेपालगन्ज उपमहानगरले अझ सशक्त ढंगले अगाडी बढ्नु पर्ने सुझाव दिए ।

Previous articleमास्क डिस्पोज गर्न नजाने कोरोना संक्रमणको खतरा, बढि जोखिममा को छ ?
Next articleएमाले निकट यूवा संघ नेपालगन्जको अध्यक्षमा श्रीपाइली चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here