पशु फार्म दर्ता सिफारिसमा बाँके निकुञ्जको कडाई

बाँके, ४ भाद्र, २०७८ ।


बाँके राष्ट्रिय निकुञ्ज आसपासका पशुपालक किसानलाई फार्म दर्ता गर्न समस्या भएको छ । निकुञ्ज भित्र छाडा रुपमा बाख्रा तथा अन्य पुश चौपाया छोड्दा बन्यजन्तुलाई असर गरेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले बाख्रापालनका लागि फार्म दर्ता गर्न आवश्यक पर्ने सिफारिसमा कडाई गरेपछि ब्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई समस्या भएको हो ।
फार्म दर्ता गरेका किसानले पशु चौपायालाई निकुञ्ज भित्र लगेर छोड्ने गरेका कारण फार्म दर्तामा कडाई गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले बताए । उनले बन्यजन्तुले खाने घाँस पशु चौपायाले खाई दिँदा बन्यजन्तुलाई घाँस समस्या हुने गरेको जिकिर गरे । घरेलु पशुमा भएको रोग वन्यजन्तुमा सर्छ । बन्यजन्तुका लागि पालिएको घाँस घरपालुवा जनावरले खाई दिँदा अभाव हुन्छ,’ उनले भने ।
उन्नत जातका बाख्रा पालन गर्ने किसानलाई वडा कार्यालयको सिफारिसमा निकुञ्जले फार्म खोल्ने अनुमति दिने बताउँदै उनले ब्यवसायिक रुपमा फार्म संचालन गर्नेलाई कुनै रोकावट नभएको स्पष्ट पारे । ‘फार्म खोल्ने, विभिन्न किसिमका अनुदान मात्र लिने र छाडा रुपमा निकुञ्जमा लगेर छोड्ने प्रबृत्ती हटाउन अनुमतिमा कडाई गरिएको मात्र हो,’ उनले भने ।
पशु चौपाया छाडा रुपमा नछोड्ने शर्तमा फार्म खोल्न अनुमति दिन थालिएको उनले बताए । आफ्ना पशुचौपाया निकुञ्ज भित्र छाडा रुपमा छोड्ने छैनौँ । उन्नत जातका बाख्राको फार्म ब्यवसायिक तथा ब्यवस्थित रुपमा पालन गर्छौँ भन्ने कागज गराएर फार्म खोल्ने अनुमति दिन्छौँ,’ प्रमुख संरक्षण अधिकृत शाहले भने ।
उनले छाडा रुपमा पशुचौपाया नछोड्न आग्रह गरेका छन् । एक–दुई जनाका कारण धेरै पशुपालक किसानलाई असर गरेको उनको भनाई छ । ‘ब्यवस्थित र ब्यवसायिक रुपमा पशुपालन गर्नेलाई कुनै रोकटोक छैन,’ उनले भने ।

Previous articleसदस्य सचिव ओली र जिल्ला अध्यक्ष शाहलाई आई. टी. एफ. तेक्वान्दो संघको सम्मान
Next articleरक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here