प्रतावित बाबुराम लौघर महतो मावि भवन निर्माणको खर्च सार्वजनिक

बाँके, ३१ साउन, २०७८ ।

फुल्टेक्रा माविले प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा शौचालय निर्माणमा लागेको खर्च विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त जमिन फुल्टेक्राका माधवराम बर्माका हजुर बुवा बाबुराम लौघर महतोले स्थानीय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई प्रदान गरेका थिए । बर्मा र ओमप्रकाश श्रीवास्तव बीच करिब दुई वर्षदेखिको सकारात्मक छलफलपछि बर्माले करिब सात करोड मूल्य बराबरको १४ कट्ठा जमिन भोगाधिकार सहित विद्यालयलाई दिएको श्रीवास्तवले बताए ।
सोही जमिनमा १७ कोठाको नयाँ भवन र शौचालय निर्माण गरिएको उनले बताए । दुई वटा चारकोठे भवन र दुई वटा शौचालय निर्माणका लागि नेपालगन्ज उपमहानगरले आर्थिक सहयोग गरेको बताउँदै उनले भवन निर्माणमा ३६ लाख र शौचालय निर्माणमा ७ लाख खर्च भएको बताए ।
स्टीमेटमा नभएको तर निर्माणको क्रममा नभई नहुने कार्य पानीको व्यवस्थापन, विद्युत, पाईप, निर्माण स्थलमा निर्माणको काम आरम्भ गर्दा माटो पटान आदिमा लाग्ने खर्च विद्यालय आफैले ब्यहोरेको उनको भनाइ छ ।
प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोले फुल्टेक्रामा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि विक्रम संवत २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको नामले विद्यालयको स्थापना भएको श्रीवास्तवले जानकारी दिए ।
कार्यक्रममा जग्गा दाता संस्थाका अध्यक्ष माधबराम वर्मा, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खड्का, भवन निर्माणका प्राविधिक प्रमुख एवम नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीय हरुको उपस्थिति रहेको थियो ।

Previous articleएमाले हुँ भन्ने, तर एमाले विरुद्ध अभियान चलाउने कस्तो नैतिकता हो ?: एमाले नेता पोख्रेल
Next articleलुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरे ‘छहारी घर’ को निरीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here