एमाले हुँ भन्ने, तर एमाले विरुद्ध अभियान चलाउने कस्तो नैतिकता हो ?: एमाले नेता पोख्रेल

बाँके, ३० साउन, २०७८ ।


नेकपा (एमाले) स्थायी समिति सदस्य शंकर पोख्रेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन लत्याउँदै ‘ल्याङ–ल्याङ’ गरि पार्टीलाई कमजोरी बनाउने छुट कसैलाई नभएको बताएका छन् । उनले नेपाल पक्षलाई इङ्गित गर्दै सहमतिका नाममा अनन्तकालसम्म अल्झाई राख्न नपाइने बताए । एमाले बाँकेको १७ औँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, पार्टीको निर्देशन नमान्ने र सहमतिका नाममा ल्याङ–ल्याङ गरि पार्टीलाई कमजोर बनाउनेलाई कारवाही गरि पार्टी अगाडी बढ्छ । सहमतिको नाममा अनन्तकालसम्म अल्झाई राख्न कसैलाई छुट छैन,’ पोख्रेलले स्पष्ट पारे ।
बामपन्थी नेतालाई प्रधानमन्त्रीबाट हटाएर दक्षिण पन्थी काँग्रेसलाई सत्ता सुम्पिनु लजास्पद भएको भन्दै उनले काँग्रेसलाई सत्ता सुम्पिने सच्चा कम्यूनिष्ट हुन नसक्ने जिकिर गरे । आफ्नो नेतृत्वमा सरकार बनाउन नसक्ने, तर काँग्रेस जस्तो गैर कम्यूनिष्टलाई प्रधानमन्त्री बनाउने कार्य कम्यूनिष्ट नीति विपरित भएको उनले जिकिर गरे । ‘बामपन्थी नेतालाई प्रधानमन्त्री बनाउने सर्त राखेको भए हामीले सहयोग गथ्र्यौँ, तर बामपन्थीको वकालत गर्नेहरु नै गैर कम्यूनिष्टलाई प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रपति समक्ष विन्ति पत्र चढाउनु विडम्बना हो,’ उनले भने, ‘यस्तो गर्नेहरुलाई कम्यूनिष्ट भन्ने अधिकार छैन ।’
उनले संसदिय निर्वाचनमा एमाले र माओवादी केन्द्रबाट बनेको नेकपालाई नेपाली जनताले एकल बहुमत दिएको बताउँदै उनले दुई पार्टी अलग भएपछि जनमतका लागि पुनः निर्वाचनमा जानुपर्ने भएकोले पार्टी अध्यक्षले संसद विघटन गरेको जिकिर गरे । ‘निर्वाचनका बेला हामी एउटै चुनाव चिन्ह र नारा लिएर निर्वाचनमा होमियौँ । त्यतिबेला जनताले नेकपालाई भोट दिएका हुन् । पार्टी अलग भएपछि हाम्रो उद्देश्य र नीति फरक भयो । त्यसैले एउटै सूर्य चिन्ह लिएर गएकाहरुले अव जनताबाट नयाँ जनादेश लिनुपर्छ भन्ने मान्यताका साथ अध्यक्ष ज्यूले संसद विघटन गर्नु भएको हो, तर यसको बास्तविकता भित्र कोहि पस्न मानेन,’ पोख्रेलले स्पष्ट पार्दै भने ।
ने नेता, कार्यकर्तालाई पार्टी भित्र बस्न छुट नभएको बताएका छन् । एमाले बाँकेको १७ औँ पूर्ण बैठकलाई शनिवार नेपालगन्जमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका पोख्रेलले आफ्नै पार्टीलाई कमजोर बनाउने नेता, कार्यकर्ता कमजोर परिस्थितिको फाइदा उठाउने अवसरबादी बाहेक केहि हुन नसक्ने स्पष्ट पारे ।
उनले नेपाली जनताले बामपन्थीलाई शासन चलाउन पाँच बर्षको म्यान्डेट दिएको बताउँदै जनताको जनादेश विपरित बामपन्थीले नै काँग्रेसलाई सत्ता सुम्पेको जिकिर गरे । ‘जनताको स्पष्ट म्यान्डेट हुँदाहुँदै कम्यूनिष्टहरुले नै अल्पमतमा रहेको काँग्रेसलाई सत्ता सुम्पेर जनताले दिएको जनादेशको अपमान गरिएको छ । यसको हिसाव किताव जनताले लिने नै छन्,’ उनले भने, ‘यो जस्तो लजास्पद अरु हुन सक्दैन ।’
पार्टीको निर्देशन विपरित काम गर्ने ब्यक्ति एमाले हुन नसक्ने बताउँदै उनले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको काममा फर्किन आग्रह गरे । उनले दुई–दुई पटक पार्टीको ह्विप उलंघन गरे पनि नेपाल पक्षलाई कारवाही नगरिएको बताउँदै उनले पार्टी र अध्यक्षको निर्देशन नमान्ने हो भने पार्टी छोडेर जान सुझाव दिए । दुई–दुई पटक ह्विप उलंघटन गर्ने अनि हामीलाई जवरजस्ती निकाल्न खोलियो भन्ने कस्तो नैतिकता हो ?,’ उनले प्रश्न गर्दै भने, ‘यस्ताले एमाले हुँ भन्न सरम मान्नु पर्छ ।’
एमाले अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको १७ औँ पूर्ण बैठकमा आठ वटा स्थानीय तहको अवस्था र पार्टीले गर्नुपर्ने कामको सुझाव समेत लिइएको थियो ।

Previous articleकाँग्रेसका डिल्लीबहादुर चौधरी ग्रामिण तथा सहरी विकासमन्त्रीमा नियुक्त
Next articleप्रतावित बाबुराम लौघर महतो मावि भवन निर्माणको खर्च सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here