काँग्रेसका डिल्लीबहादुर चौधरी ग्रामिण तथा सहरी विकासमन्त्रीमा नियुक्त

बाँके, २८ साउन, २०७८ ।


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) र ६ जना मन्त्रीलाई बिहीबार बेलुका पद तथा गोपनियताको सपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जना मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा सहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जनता समाजबादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । त्यसैगरि, जसपाकै पुर्मती ढेँगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहका अजय शाही पनि मन्त्री बनेका छन् । उनीहरूलाई विना विभागीय मन्त्री बनाइएको छ । नव नियुक्त मन्त्रीहरुले पनि विहीवार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Previous articleअख्तियारमा सवैभन्दा धेरै कोहलपुर नगरपालिका विरुद्धका उजुरी दर्ता
Next articleएमाले हुँ भन्ने, तर एमाले विरुद्ध अभियान चलाउने कस्तो नैतिकता हो ?: एमाले नेता पोख्रेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here