एक बर्षमा १३३८ क्यान्सर पीडितले लिए सुशील कोइराला क्यान्सर अस्पतालबाट किमोथेरापी सेवा

बाँके, १९ साउन, २०७८ ।


खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले एक बर्षमा एक हजार तीन सय ३८ जना क्यान्सरका विरामीलाई किमोथेरापी सेवा दिएको छ । अस्पतालले दिवा सेवा मार्फत क्यान्सरका विरामीलाई किमोथेरापी सेवा दिँदै आएको अस्पतालका निमित्त निर्देशक डा. प्रविण गुप्ताले जानकारी दिए ।
उनले पाठेघर, स्तन, प्रोस्टेट क्यान्सर लगायत एक सय ६९ जनाको अप्रेसन गरिएको बताए । एक बर्षमा अस्पतालले २९ जना महिलाको स्तनको सर्जरी र नौ सय २६ जनाको नाक, कान, घाँटीको सर्जरी गरिएको डा. गुप्ताले बताए ।
उनका अनुसार, अस्पतालले एक बर्षमा एक हजार चार सय ७५ जना महिलालाई पाठेघर सम्बन्धि सेवा र दुई हजार पाँच सय ९२ जनालाई सर्जिकल सेवा दिएको छ । त्यसैगरि, आठ सय चार जनालाई मस्तिष्क र एक सय ७२ जनाको पिसाव जाँच गरिएको छ ।
निमित्त निर्देशक गुप्ताका अनुसार, जनरल मेडिसिन ओपीडीबाट एक हजार सात सय ६३ जना लाभान्वित भएका छन् । भने, छालारोग विभागबाट तीन सय ७७ जनाले सेवा लिएका छन् ।
उनले एक हजार तीन सय २२ जना विरामीको विशेष अनुसन्धान गरिएको बताउँदै ५० जनाको सुक्ष्म अवलोकन गरिए जानकारी दिए । एक बर्षमा दुई हजार पाँच सय ५५ जनाको भिडियो एक्स–रे, एक हजार सात सय ४२ जना विरामीको एक्स–रे, ६ सय ९२ जना विरामीको सिटी स्क्यान र तीन सय ८९ जना विरामीलाई इसिजी सेवा दिइएको छ ।

Previous articleबुद्ध एयरको नेपालगन्ज–पोखरा नियमित उडानको विशेष प्याकेजमा के–के छ सुविधा ?
Next articleनेपालगन्जमा प्रदेश खेलकुद परिषदको कार्यालय राख्न सामाजिक विकास मन्त्री श्रीवास्तव सकारात्मक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here