खाजा खर्च जोगाएर युनिशाले दिइन जन्मदिनमा जेष्ठ नागरिकलाई खाद्यन्न उपहार

बाँके, २३ असार, २०७८ ।


फ्नो जन्म दिनको अवसरमा नेपालगन्ज उपमहानगरपालिका–१८ की १० बर्षिया यूनिशा डिसीले जेष्ठ नागरिक तथा असहाय बालबालिकालाई खाद्यन्न उपहार दिएकी छन् । जन्मदिनमा हुने फजुल खर्च नगरि उनले निलसागर असहाय सेवा केन्द्रमा रहेका असहाय बालबालिका र जेष्ठ नागरिकका लागि खाद्यन्न उपहार दिएकी हुन् ।
स्प्रिङडेल एकेडेमीमा अध्ययनरत उनले जन्मदिनमा फजुल गर्नुभन्दा सोही रकमबाट असहायको सेवामा खर्चिने निधो गरेको बताइन् । असहायको सेवा गर्नुपर्छ भन्ने पाठ बाबुआमा र गुरुहरुबाट सिकेको बताउँदै उनले जेष्ठ नागरिक र असहाय बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन् । ‘जेष्ठ नागरिक र आफू जस्तै बालबालिकालाई सहयोग गर्न पाउँदा म असाध्यै खुसी छु,’ उनले भनिन्, ‘आगामी दिनमा पनि सामाजिक तथा मानविय सेवामा लाग्ने प्रण गर्दछु ।’


उनले फजुल खर्चबाट जोगाएर राखेको ६ हजार रुपैँया बराबरको चामल, विस्कुट लगायतका खाद्य सामग्री प्रदान गरेको बुवा मानबहादुर डिसी (मनोज) ले बताए । उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा असहायलाई प्रदान गर्न उचित लागेको बताए । मानविय सेवा गरेर जति आनन्द आउँछ त्यति अरु कुनै कार्य गरेर हुँदैन । त्यसैमा बेघरबार बनाइएका आमाबाबु र असहाय बालबालिकालाई खाद्यन्न प्रदान गरेर जन्मदिन मनाएकोमा म मेरो छोरी प्रति गर्व गर्छु । आगामी दिनमा पनि यस्तै सामाजिक कायृ गर्ने तर्फ उनको ध्यान जावस भन्ने जन्मदिनको शुभकामना दिन्छु ।’
तामझाम गरेर जन्मदिन मनाउनु भन्दा गरिव, असहाय बालबालिका र बेघरबार बनाइएका जेष्ठ नागरिकको सेवा गर्नु नै मानव धर्म भएको बताइन् । उनले छोरीले बचत गरेर राखेको रुपैँयाबाट खाद्य सामग्री खरिद गरि निलसागरलाई प्रदान गरिएको बताइन् ।


सो अवसरमा निलसागर असहाय सेवा केन्द्रकी प्रमुख सरिता खनालले बालबालिकालाई हामीले सिकाउनु भन्दा उनीहरुबाट हामीले सिक्नुपर्ने बताइन् । उनले सानै उमेरदेखि बालबालिकालाई मानविय सेवामा लाग्ने प्रेरणा दिनुपर्ने बताउँदै मानव सेवा नै परम धर्म भएको बताइन् ।
सेवा केन्द्रका नारायण सुवेदीले जन्म दिने बाबुआमा नै सच्चा भगवान भएको बताउँदै आमाबाबुको सेवा गरे पुण्य प्राप्ति हुने धारणा राखे । उनले भगवान खोज्न मन्दिर, मस्जिद, गुम्बा र चर्च धाउनु भन्दा घरमा भएका बाबुआमाको सेवा गरे पुण्य प्राप्त हुने धारणा राखे ।

Previous articleकोरोना महामारीका वीच भारत जानेको संख्यामा फेरि बृद्धि : दैनिक एक हजार नेपाली कामको लागि भारत प्रवेश (भिडियो सहित)
Next articleग्राहक नपाएपछि नेपालगन्जका ४० होटल बन्द, भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा नराख्न माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here