बर्दिया, २२ असार, २०७८ ।
अव्यवस्थित शब व्यवस्थापनका लागि युनिक नेपालले राजापुर प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) लाई सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । पिएचसीको पोष्टमार्टम वार्डमा पर्याप्त स्वास्थ्य सामग्री नहुँदा शव ब्यवस्थापनमा कठिनाई हुँदै आएपछि युनिक नेपालले मर्चुअरी च्याम्बर सिंगल बडी खरिद गर्न युनिक नेपालले तीन लाख रुपैँया प्रदान गरेको कार्यक्रम संयोजक सोमप्रसाद चौधरीले जानकारी दिए ।
मर्चुअरी खरिद राजापुर नगरपालिका मार्फत हुने भएकोले नगरपालिकाका मेयर शिवप्रसाद चौधरीलाई रकम हस्तान्तरण गरिएको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर चौधरीले बताए । स्वास्थ्य उपकरण सहयोग कार्यक्रम अन्तरगत राजापुर नगरपालिका मार्फत राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई रकम सहयोग गरिएको उनको भनाई छ । युनिक नेपालका अध्यक्ष प्रिमबहादुर चौधरीले बताए ।
समयमा पहिचान हुन नसकि अब्यवस्थित रुपमा रहेका शवले दुर्गन्ध फैलिन गई मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने खतरा बढेपछि उक्त सहयोग गरेको अध्यक्ष चौधरीले बताए । ‘शबहरु छिट्टै कुहिन नदिन र दुर्गन्ध फैलिनबाट जोगाउन आवश्यक देख्यौँ,’ उनले भने ।
कार्यक्रममा नगरपालिकाका मेयर चौधरीले युनिक नेपालको सहयोगले अब्यवस्थित शब ब्यवस्थापनमा सहयोग पुग्ने बताए । चार लाख ९५ हजार रुपैँया पर्ने सो च्याम्बरका लागि युनिक नेपालले तीन लाख र राजापुर नगरपालिकाले एक लाख ९५ हजार रुपैँया ब्यहोर्ने भएका छन् ।