स्वास्थ्य कार्यालयद्वारा नरैनापुर गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

बाँके, १३ असार, २०७८ ।


जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले नरैनापुर गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । विभिन्न दातृ निकायले सरकारलाई दिएको अक्सिजन कन्सन्ट्रेटर जिल्ला स्वास्थ्य कार्यालयले नरैनापुर गाउँपालिकालाई दिएको हो ।
सरकारले उपलब्ध गराएको २४ थान कन्सन्ट्रेटर नरैनापुर गाउँपालिकालाई पाँच र दश लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रत्नप्रसाद शर्माले बताए । उनले बाँकेका सवै स्थानीय तहलाई दुई–दुई वटा प्रदान गर्ने बताउँदै बाँकी रहेका कन्सन्ट्रेटर आपतकालिनका लागि जनस्वास्थ्य कार्यालयमा राखिने बताए ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साहले कोरोना संक्रमितको उपचारमा उक्त सामग्री कोषेढुंगा सावित हुने बताए । उनले बाँकेको सुदूरपूर्वमा रहेको नरैनापुर कोरोनाको उच्च जोखिममा रहेको बताउँदै त्यहाँका जनता, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सक्रियताले दोस्रो लहरको कोरोनाले खासै असर पार्न नसकेको धारणा राखे । ‘विभिन्न कारणले पहिलो लहरको कोभिडमा नरैनापुरले मानविय क्षति ब्यहोर्नु पर्यो । अहिले सवैको सहयोग र सहकार्यले त्यस्तो अप्रिय घटना घट्न पाएन,’ उनले भने ।


महामारी तथा रोग नियन्त्रण महाशाखा अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका सिनियर सर्भिलेन्स मेडिकल कोर्डिनेटर डा. मदन कोइरालासमेतको सहभागिता रहेको कार्यक्रममा नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमित विरामीलाई मात्र नभई लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत अन्य विरामीलाई समेत राहत मिल्ने बताए । उनले भने, ‘कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन प्रदान गरिएको स्वास्थ्य सामग्रीले सिंगो नरैनापुरबासीले फाइदा पाउने छन्,’ उनले भने ।

Previous articleकोहलपुरको एक अर्व १७ करोड र बैजनाथको साढे ६५ करोड अनुमानित बजेट पेश
Next articleएक बर्षमा ६०२ फरार अभियुक्त पक्राउ, पाँच करोड ४८ लाख राजस्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here