नेपालगन्जको नीति तथा कार्यक्रममा महानगरलाई प्राथमिकता, कस्ता छन् नीति तथा कार्यक्रम ?

बाँके, ११ असार ।


नेपालगन्ज उप–महानगरपालिकाले महानगर बनाउने योजनालाई पहिलो प्राथमिकतामा राखेको छ । आर्थिक बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धबल शमशेर राणाले नेपालगन्ज उपमहानगरलाई महानगर बनाउने सरकारको नीतिलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
महानगरका लागि उपयुक्त स्थानमा जग्गा खरिदका लागि पहल गर्ने बताउँदै उनले भौतिक संरचना निर्माण गर्न डिपिआर तयार गर्न बजेट विनियोजन गरिएको बताए । कोहलपुर लगायत बाँकेका अन्य स्थानीय तहलाई मिलाएर महानगर बनाउने सरकारको नीतिलाई कार्यान्वयन गर्न नेपालगन्जले विशेष पहल गर्ने स्पष्ट पारे । ‘नेपालगन्जलाई महानगर बनाउने सरकारको योजना छ । यसलाई कार्यान्वयन गर्न उपहानगर अगुवाई गर्न तयार छ,’ उनले भने ।
महानगर बनाउन उपमहानगरले भौतिक पूर्वाधारमा जोड दिएको उनको भनाई थियो । उनले महानगरको अवधारणा अनुसार नेपालगन्ज र कोहलपुरलाई जोड्ने गरि चक्रपथ निर्माण गर्न विशेष पहल गरिने धारणा राखे । ‘नेपालगन्जलाई महानगर बनाउन चक्रपथ अति आवश्यक छ । यसका लागि नेपालगन्ज उपमहानगरले विशेष पहल गर्ने छ,’ नगर प्रमुख राणाले भने ।


उपमहानगरपालिकाले आगामी आर्थिक बर्षभित्र उपमहानगरका सम्पूर्ण वडा कार्यालयका लागि पक्की भवन निर्माणलाई पूर्णता दिने भएको छ । वडा नं. ६ मा क्रिकेट रंगशाला निर्माणलाई पुनः अगाडी बढाउने योजना उपमहानगरले अघि सारेको छ । ‘नाला नभएका ठाउँमा नाला र नाला सहितको कालोपत्रे पिसिसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने छ,’ विहीवारको नगर परिषदमा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
उपमहानगरले रात्रिकालिन बजार संचालनका लागि पूर्वाधार निर्माण गर्ने भएको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन उपमहानगरले पहल गर्ने भएको छ भने नगरबासीलाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन आवश्यक पहल गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा उल्लेख भएका योजनाका लागि एक अर्व ५४ करोड ७७ लाख रुपैँयाको अनुमानित बजेट ल्याइएको छ । उपमहानगरका उपप्रमुख उमा थापा मगरले २३ वटा वडाका लागि २८ करोड बजेट विनियोजन भएको बताइन् । उनले आन्तरिक राजश्वको दायराम बृद्धि गरि श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाइने बताइन् । कोभिडका कारण चालू आवमा आन्तरिक आय लक्ष्य अनुसार उठाउन नसकेको उनले स्विकार गरिन् । कर संकलनमा नेपालगन्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने उनको भनाई छ ।


बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति र महिलाले सञ्चालन गरेको उद्योग व्यवसायमा कर छुट दिने नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुट दिने ब्यवस्था गरिएको उपप्रमुख मगरले बताइन् ।
वडा नं. १८ लाई सवैभन्दा धेरै बजेट विनियोजन
वडा कार्यालयहरु मध्ये सवैभन्दा बढि वडा नं. १८ ले पाएको छ । उपप्रमुख थापा मगरका अनुसार वडा नं. १८ ले एक करोड ८७ लाख ९५ हजार र सवैभन्दा कम वडा नं. २३ ले ७२ लाख ८७ हजार रुपैँयामात्र बजेट पाएको छ । जनसंख्या र राजस्व संकलनको आधारमा वडालाई बजेट बाँडफाड गरिएको उनले स्पष्ट पारिन् ।
संघीय सरकारको समपुरक अनुदानबाट प्राप्त सात करोड चार लाख रुपैँया र सो बरावरको उपमहानगरको समपुरक रकमबाट हुन आउने १४ करोड आठ लाख रुपैँया मध्येबाट ८० प्रतिशत ११ करोड २६ लाख ४० हजार रुपैँया समेत वडाहरुको सिपmारिसमा नगरपालिकाले खर्च गर्ने गरि ब्यवस्था मिलाइएको उपप्रमुख मगरले बताइन् ।

Previous articleभेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई तातो अण्डा खुवाउने अभियान स्थगित
Next articleखजुरा गाउँपालिकाको प्राथमिकतामा कृषि, कुन योजनाका लागि कति बजेट ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here