डुडुवा गाउँपालिकाको बजेट रु. ६९ करोड, कुन–कुन शिर्षकमा भएको छ बजेट विनियोजन ?

बाँके, १० असार, २०७८ ।


डुडुवा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको विहीवार बसेको नवौँ गाउँसभाले ७० बुँदे नीति तथा कार्यक्रमका लागि ६८ करोड ६३ लाख ११ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड–१९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुँदे नीती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कोभिड–१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण गर्न बजेट विनियोजन भएको चौधरीले बताए ।


शाहपुर्वामा १५ शैयाको अस्पताल निमार्ण, चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति उत्थान अन्तरगत अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गर्ने नीति गाउँपालिकाले अघि सारेको छ । त्यसैगरि, गाउँपालिकाले हरेक वडामा माध्यमिक विद्यालय स्थापना गर्ने, घर–घरमा सेवा प्रवाह गर्न दक्ष प्राविधिक नियुक्त गर्ने, पर्यटकिय गुरु योजना निमार्ण, राप्ती नदीमा भगवान शिवको प्रतिमासहित उद्यान निमार्ण गर्ने नीति तथा कार्यक्रम ल्याएको डुडुवा गाउँपालिकाले राप्ती नदी र डुडुवा खोलामा ¥याफ्टिग संचालन गर्ने भएको छ ।


जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम, घर–घरमा डुडुवा सरकार अवधारणा कार्यान्वयन गर्न विभिन्न अभियानहरु संचालन गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ । यसैगरि वडा नं. १–६ सम्म क्रमशः सडक विस्तार र स्तरोन्नती, फोहरमैला व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थलको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्ने, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन, घर–घरमा भत्ता वितरण, जेष्ठ नागरिक, एकल महिला तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापना लगायतका कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ ।
सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले प्रस्तुत गरेको डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८, डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७८ तथा नीति तथा कार्यक्रम एवम् बजेट सभाबाट सर्बसम्मत रुपमा पारित भएको उपाध्यक्ष साहिदा बानोले बताइन् ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाँ, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, प्रायःसवै वडा सदस्य, कार्यपालिका सदस्यको सहभागिता रहेको थियो । सभामा वडा अध्यक्षद्वय भण्डारीलाल यादव, मोहनराम मिश्र र वडासदस्य आमोद तिवारी लगायतले विरोध जनाए । उनीहरुले सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट प्रति असन्तुष्टि जनाउँदै सभाबाट बाहिरिएका थिए ।

Previous articleबनेका ऐन, कानुन कार्यान्वयन गर्न एकल महिलाको माग
Next articleभेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई तातो अण्डा खुवाउने अभियान स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here