लकडाउनका बाबजुद नेपालगन्ज भन्सारले असुल्यो ११२ प्रतिशत राजस्व

बाँके, ३१ जेठ, २०७८

लकडाउनले राजस्व असुलीमा कुनै असर नपारेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । सरकारले १७ अर्व ७८ करोड २२ लाख ९५ हजार रुपैँया लक्ष दिएकोमा २८ जेठसम्म १८ अर्व ४६ करोड ६७ लाख ३४ हजार रुपैँया राजस्व संकलन गरिसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । हालसम्म ११२ प्रतिशत राजस्व संकलन भएको बताए । ‘लकडाउनले राजस्व असुलीमा कुनै असर परेको छैन । बरु हामीले सरकारले दिएको लक्षभन्दा बढि राजस्व संकलन गरेका छौँ,’ उनले भने ।
लकडाउनले गत आर्थिक बर्षमा असर गरेको उनले बताए । उनले सरकारले गत आवमा १५ अर्व ४३ करोड ७५ लाख १४ हजार रुपैँया लक्ष दिएको थियो । तर, नेपालगन्ज भन्सार कार्यालयले ११ अर्व ७६ करोड ९४ लाख ९९ हजार रुपैँया मात्र राजस्व असुली भएको थियो । ‘गत आवमा लक्षको ७६ दशमलव २४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो,’ उनले भने ।


लकडाउनले चामल आयातमा बृद्धि
चालू आर्थिक बर्षमा सवैभन्दा धेरै हाई स्पिड डिजेल आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार २८ जेठसम्म सात अर्व ९६ करोड मूल्य बराबरको एक लाख ४६ हजार ७३६ किलो लिटर हाई स्पिड डिजेल आयात भएको छ ।
त्यसैगरि, चार अर्व १२ करोड ७१ लाख मूल्य बराबरको ८४ करोड २७ लाख चार हजार ५०२ किलो ग्राम चिनीजन्य बस्तु आयात भएको उनले जानकारी दिए । हाई स्पिड डिजेलबाट पाँच अर्व एक करोड ४४ लाख र चिनीन्जय बस्तुबाट दुई अर्व ४० करोड ३९ हजार रुपैँया राजस्व संकलन भएको छ ।
उनले एक अर्व ९८ करोड ९७ लाख रुपैँया बराबरको पेट्रोलियम पदार्थ र ६ अर्व ३० करोड ७६ लाख रुपैँया बराबरको चामल तथा पिठो आयात भएको बताए । पेट्रोलियम पदार्थबाट एक अर्व ९२ करोड ९६ लाख र चामल तथा पिठोबाट सात अर्व ८१ करोड ९८ लाख रुपैँया राजस्व संकलन भएको छ । लकडाउन भए पनि चालू आवमा पेट्रोलियम पदार्थ भन्दा दाल, चामल र पिठोको आयात बढेको छ,’ प्रमुख भन्सार अधिकृत भण्डारीले भने ।

Previous articleसत्य, तथ्यमा आधारित समाचारको सदैव सम्मान गर्ने वडा अध्यक्ष बर्माको स्पष्टोक्ति
Next articleजीर्ण भवनमा बस्दै आएका प्रहरीलाई पक्की भवन प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here