सत्य, तथ्यमा आधारित समाचारको सदैव सम्मान गर्ने वडा अध्यक्ष बर्माको स्पष्टोक्ति

बाँके, ३० जेठ ।


नेपालगन्ज उप–महानगरपालिका–१८ का वडा अध्यक्ष दीपककुमार बर्माले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै सदैब सम्मान गरेको र गरिरहने बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका–१८ मा निर्माण भइरहेका योजनाको बारेमा गलत नियतले समाचार प्रकाशित भएको बताउँदै उनले उक्त समाचार प्रति खेद जनाएका छन् ।
समाचारको विषयलाई लिएर केहि अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले स्वतन्त्रताको नाममा स्वच्छन्दता किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेका छन् । वडा कार्यालयबाट भइरहेका विकास निर्माण लगायतका कार्यहरु ओझेलमा पार्नेगरि केही अनलाइन संचार माध्यम र सामाजिक संजालमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जले सडक निर्माण गरिरहेको जानकारी गराउँदै वडा अध्यक्ष बर्माले वडा नं. १८ को बाइपास रोडमा निर्माणाधिन सडकमा टेलिफोन तार विस्तारका लागि ठेकेदार कम्पनीले खाल्डो खनेको जिकिर गरेका छन् । ‘उक्त कार्य टेलिकमको प्राविधिक विषय हो । तै पनि वडा कार्यालयले बारम्बार उक्त खाल्डो पुर्न र निर्माण कार्य छिटो सक्न आग्रह गरिएको छ । उक्त खाल्डो वडा कार्यालयले नभई नेपाल टेलिकमको हो,’ वडा अध्यक्ष बर्माले आइतवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
योजनाको बास्तविकता नबुझेर वडा कार्यालयको लापबाही भएको भन्दै समाचार प्रकाशित हुनु दुखद भएको उनले जनाएका छन् । समाचार प्रकाशन भएपछि पत्रकार संगीता पाठकलाई सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न र गलत नियतले लेखेको हो भने तपाई विरुद्ध कानुनी उपचार किन नखोज्ने भन्दै मोवाइलमा संवाद भएको हो, तर समाचारको विषयलाई लिएर कसैलाई धम्की दिएएको छैन,’ जारी विज्ञप्तीमा उल्लेख छ ।
चरित्र हत्या गर्ने गरि एकपछि अर्को समाचार प्रकाशित भएपछि आफू कानुनी उपचार खोज्ने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् । उनले सत्य, तथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न संचार माध्यम एवम् संचारकर्मीसँग अनुरोध गरेका छन् । ‘सत्य, तथ्यमा आधारित समाचारमा मेरो कुनै आपत्ती रहने छैन । यस्ता समाचारको म सदैव स्वागत र सम्मान गर्ने छु,’ उनले भनेका छन् ।

तर, निलखवर डट कममा कार्यरत पत्रकार संगीता पाठकले समाचारको विषयलाई लिएर वडा अध्यक्ष बर्माले आफूलाई धम्की दिएको गुनासो गरेकी छन् । नेपाल प्रेस युनियन बाँकेले उक्त घटनाको निन्दा गरेको छ । युनियनले विज्ञप्ती जारी गरि घटनाको निन्दा गरेको हो ।

Previous articleएकल महिलालाई राहत : अमेरिकामा बस्दै आएका नेपालीको खाद्यन्न सहयोग
Next articleलकडाउनका बाबजुद नेपालगन्ज भन्सारले असुल्यो ११२ प्रतिशत राजस्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here