एम्बुलेन्स खरिदमा गैसस महासंघको सहयोग

बाँके, २४ जेठ ।


गैर सरकारी संस्था महासंघ बाँकेले एम्बुलेन्स खरिदका लागि नेपाल पत्रकार महासंघ बाँकेलाई २१ हजार रुपैँया सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीलाई रकम हस्तान्तरण गरिएको गैसस महासंघका अध्यक्ष नमस्कार शाहले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा गैसस महासंघका सचिब आशिष बर्मा, कोषाध्यक्ष निर्मला सुनार, सदस्यहरु लोग बहादुर परियार र अभिराज क्षेत्रीको उपस्थिती रहेको थियो ।
बाँकेमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गैसस महासंघले स्वास्थ्य सामग्री सहयोगका लागि समन्वयकारी, संयोजनकारी भुमिका निर्वाह गर्दै आएको अध्यक्ष शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here