युएसएआइडी/एसएसवीएचको भेरी अस्पताललाई पिसिआर मेसिन सहयोग: अव एकसाथ दोब्बर स्वाब परीक्षण

बाँके, २३ जेठ ।


युएसएआईड÷स्वास्थ्यका लागि सक्षम प्रणाली (एसएसविएच) ले नेपालगन्जस्थित भेरी अस्पताललाई पिसिआर मेसिन प्रदान गरेको छ । भेरी अस्पतालमा एउटा मात्र पिसिआर मेसिन हुँदा स्वाब परीक्षणमा ढिलाई भएको गुनासो आएपछि पिसिआर ल्याबलाई थप प्रभावकारी बनाउन मेसिन प्रदान गरिएको युएसएआइडी÷एसएसविएचका टिम लिडर सुलभ आचार्यले जानकारी दिए ।
युएसएआईडी÷एसएसविएचले प्रदान गरेको पिसिआर मेसिनले एक पटकमा ९६ वटा स्याम्पल जाँच गर्न सकिने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले युएसएआइडी÷एसएसविएचले प्रदान गरेको पिसिआर मेसिनले हाल संचालनमा रहेको ल्याबलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सहयोग मिल्ने धारणा राखे ।
योसँगै भेरी अस्पतालमा पिसिआर मेसिनको संख्या दुई पुगेको छ । यसले भेरी अस्पतालमा पिसिआर जाँच दोब्बर हुने भएको ल्याबका प्रसन्न मिश्रले बताए । उनले एकसाथ धेरै स्वाबको स्याम्पल जाँच गर्न सकिने बताउँदै सर्वसाधारणलाई सहज हुने बताए । ‘अव लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here