एमाले बाँके नेता बुढाथोकीमाथि सांघातिक आक्रमण

बाँके, १८ जेठ ।
अज्ञात समुहको आक्रमणमा परि नेकपा एमाले, बाँके क्षेत्र नं. १ का सचिव भरत बुढाथोकी घाइते भएका छन् । पार्टीको काम सकेर राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित घरतर्फ जाने क्रममा बाटो ढुकेर बसेको समुहले विहीबार बेलुकी आक्रमण गरि घाइते बनाएको एमाले बाँके अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।
बुढाथोकीको टाउको, कम्मर र घुँडामा चोट लागेको उनले बताए । आक्रमणमा परि घाइते बुढाथोकीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचार भइरहेको ढकालले जनाएका छन् ।
एमाले बाँकेले शुक्रवार एक विज्ञप्ती जारी आक्रमण गर्ने समुहको पहिचान गरि कानुनी कारवाहीको माग गरेको छ । बुढाथोकी माथि भएको आक्रमणलाई एमालेले कायरताको संज्ञा दिएको छ । समाज परिवर्तनको लागि राजनीतिक चेतना जगाउँदै अघि बढेको एउटा नेता माथि आक्रमण हुनु असामान्य कुरा हो । यसले आम जनतामा शान्ति सुरक्षाको अवस्थालाई समेत चित्रण गरेको छ । जिल्लाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउँदै अपराधिक मनोबृत्ती भएका दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न एमाले बाँके माग गर्दछ,’ अध्यक्ष ढकालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
ऋाक्रमण गर्ने समुहलाई पक्राउ नगरे एमाले बाँकेले त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत अध्यक्ष ढकालले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here