छानविन समितिको प्रतिवेदन आयो तर, आन्दोलन रोकिएन

बाँके, २० जेठ ।


१३ जेठ राती ८ः३० बजे भेरी अस्पतालको कोभिड आइसियू वार्डमा कार्यरत चिकित्सक र स्टाफ नर्समाथि भएको घटनाको छानविन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक भए पनि भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी अझैँ आन्दोलनमा छन् । दोषीलाई कारवाही र सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले बेलुकी ६–७ बजेसम्म अस्पताल परिसरमा सांकेतिक विरोधका कार्यक्रम गर्दै आएको नेपाल नर्सिङ संघ, बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले जानकारी दिइन् ।
उनीहरुले स्वास्थ्य ऐन ल्याउन माग गर्दै आफूहरु कुटपिटमा परे पनि काममा कुनै कन्जुस्याई नगरेको दावी गरेका छन् । भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलनमा नेपालगन्ज मेडिकल कलेज र अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी पनि सहभागी हुने गरेका छन् ।
छानविन समितिले प्रतिवेदन बुझाई सकेको र दोषीलाई पक्राउ गरि कारवाहीका लागि कानुनी प्रक्रिया अगाडी बढाई सकेकोले आन्दोलनका कुनै अर्थ नरहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनले आन्दोलन स्थगित गरेर विरामीको सेवामा लाग्न आग्रह गरेका छन् ।

तस्वीरहरुः तेज ओलीको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here