सुरक्षाकर्मी र संचारकर्मीलाई मदन बाबा भक्ति केन्द्रको स्वास्थ्य सामग्री सहयोग

बाँके, १८ जेठ ।



श्री मदन बाबा भक्ति केन्द्र बाँकेले सुरक्षाकर्मी र संचारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्तीमा खटिने सुरक्षाकर्मी र संचारकर्मीलाई कोरोनाबाट जोगाउन मास्क र सेनिटाइजर वितरण गरिएको श्री मदन बाबा भक्ति केन्द्रका सचिव गंगा न्यौपानेले जानकारी दिइन् ।
मंगलवार जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार, बाँकेलाई १२५ बक्स माक्स र १२५ गोटा सेनिटाइजर प्रदान गरिएको उनले बताइन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला कारागारका प्रमुख रामकुमार सोनकरको उपस्थितिमा मास्क र सेनिटाइजर वितरण गरिएको बताउँदै उनले नेपाल पत्रकार महासंघ बाँकेलाई पनि माक्स र सेनिटाइजर प्रदान गरिएको जानकारी दिइन् । महासंघलाई ४० बक्स मास्क र ४० थान सेनिटाइजर अध्यक्ष दामोदर भण्डारीलाई हस्तान्तरण गरिएको छ ।
उनले महिला प्रहरी सेललाई १२ बक्स मास्क र १२ थान सेनिटाइजर प्रहरी निरीक्षक चन्द्रा भट्टराई र अन्य उपस्थित पाहुनालाई १४ गरि जम्मा २०१ बक्स मास्क र २०१ थान सेनिटाइजर हस्ताक्षरण गरिएको उनले बताइन् ।
उनले त्रिभुवन माध्यमिक विद्यालयका २०५१ सालका स्कुले साथी समुहका मनकारी सदस्यहरु जीवन भण्डारी, चेतन पटेल, कमला आचार्य, सुनिता पोख्रेल हाल अमेरिका, केशव सिग्देल, बसन्त सिग्देल, रतन चन्द–काठमाण्डौ र सुकलाल न्यौपाने–कोहलपुरको आर्थिक सहयोगमा उक्त सामग्री खरिद गरि वितरण गरिएको बताइन् । मास्क र सेनिटाइजर हस्तान्तरण कार्यक्रममा द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेकी संस्थापक अध्यक्ष एवम् मानव अधिकारका लागि महिला, एकल महिला संजालकी केन्द्रीय उपाध्यक्ष शोभा विसीको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here