सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि, बाँकेका द्वन्द्वपीडित तथा एकल महिलाद्वारा स्वागत


बाँके, १७ जेठ ।
सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेपछि बाँकेका द्वन्द्वपीडित तथा एकल महिलाले त्यसको स्वागत गरेका छन् । सरकारले एकल महिलाको भावनालाई सम्बोधन गरेको बताउँदै उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेकी अध्यक्ष जयन्ती केसीले सरकारले सामाजिक सुरक्षा भत्ता एकल महिला, जेष्ठ नागरिक, सिमान्तकृत तथा अल्पसंख्यक समुदायको हितमा आएको बताइन् । उनले सरकारले बृद्धि गरेको सामाजिक सुरक्षा भत्ताले एकल महिला, ४० बर्ष पूरा भएका अविवाहित महिला र जेष्ठ नागरिकको जिवनयापनमा महत्वपूर्ण सहयोग गर्ने धारणा राखिन् । ‘सरकारको निर्णय स्वागत योग्य छ,’ उनले भनिन्, ‘सरकारको कदमले हामी हर्ष विभोर भएका छौँ ।’
द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी पूर्व अध्यक्ष एकमाया विकले पनि सरकारले ल्याएको बजेट स्वागत योग्य भएको बताइन् । उनले बजेटले अर्काको सहारामा बस्नुपर्ने समुदायलाई ठूलो राहत दिएको बताइन् । बजेटले असहायलाई राहत दिएको छ नै जिवनयापनलाई सहज बनाउने भएको छ,’ उनले भनिन् । विक खजुरा गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
मानव अधिकारका लागि महिला एकल महिला समुह (डब्लुएचआर) की उपाध्यक्ष शोभा विसिले पनि सरकारले ल्याएको बजेटको स्वागत गर्दै सरकारलाई धन्यवाद दिएकी छन् । उनले सरकारले द्वन्द्व पीडित, एकल महिला, जेष्ठ नागरिक र असहायलाई समेटेर बजेट ल्याएको बताइन् । ‘सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेर सह्रानिय काम गरेको छ,’ उनले भनिन् ।
द्वन्द्वपीडित तथा एकल महिला संजाल, बाँकेकी उपाध्यक्ष बिन्दा खरेलले सामाजिक सुरक्षा भत्ता बृद्धि भएको खवरले हर्षित भएको बताइन् । उनले सामाजिक सुरक्षा भत्ताले जिवनयापनमा राहत मिल्ने धारणा राखिन् ।
त्यसैगरि, संजाल बाँके सचिव विजया रोकाय र निवर्तमान कोषाध्यक्ष बसन्ता जोशीले पनि सामाजिक सुरक्षा भत्ता बृद्धिले राहत मिलेको बताएका छन् ।

Previous articleगाडी नपाउँदा भेरी अस्पतालमा डायलासिस गराउँदै आएका सात मिर्गौला पीडितको मृत्यु
Next articleयस बर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here