स्थानीय तहलाई टिपिओ नेपालको स्वास्थ्य सामग्री सहयोग

बाँके, ११ जेठ ।


कोरोना संक्रमण न्यूनिकरणमा टेवा पुर्याउन बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मानव अधिकार संरक्षण तथा पवद्र्धन केन्द्र (हुरिपप) का अध्यक्ष आलम खानको पहलमा टिपिओ नेपालले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई पिपिई किट, सेनिटाइजर, फेसशिल, गावन, डिजिटल थर्मामिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको टिपिओ नेपालका मनोविमर्शकर्ता कर्णराज रिमालले बताए । उनले कोभिड न्यूनिकरणमा केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको प्रयासमा गैरसरकारी संस्थाको पनि उत्तिकै भूमिका हुने भएकोले स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हाम्रो सहयोग थोरै भए पनि यसले बाँकेमा विद्यमान कोरोना समस्या समाधान गर्न सहयोग पुग्ने आशा गरिएको छ,’ उनले भने ।
कोरोना न्यूनिकरणमा हातेमालो गर्न स्वास्थ्य सामग्रीका लागि पहल गरिएको हुरिपपका अध्यक्ष खानले बताए । उनले एक एक थोपा पानी मिलेर समुद्र बनेझैँ सानो सानो सहयोगले धेरै राहत दिन सक्छ भन्ने हाम्रो बुझाई हो,’ उनले भने ।

Previous articleकोरोना संक्रमण भएकाहरुमा देखिन थाल्यो ‘ब्ल्याक फङ्गस’ को लक्षण
Next articleगाडी नपाउँदा भेरी अस्पतालमा डायलासिस गराउँदै आएका सात मिर्गौला पीडितको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here