कोभिड रोकथाममा कुनै कसर बाँकी नराखेको नेपालगन्ज उपमहानगरको स्पष्टोक्ति

बाँके, २ जेठ ।


कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हरसम्भव सम्पूर्ण प्रयास जारी राखिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख डा. धवलशमशेर राणाले यस पटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी दिए ।
उनले जिल्लाभरका अस्पतालमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिए । ‘आगामी दिनमा पनि कोभिड नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएका छौं,’ उनले भने, ‘कोभिड विरुद्ध लड्न सबै पक्ष बीच सहकार्य हुन जरुरी छ ।’
उनले नगरभित्र सञ्चालित आइसोलेसनले अस्पताललाई सहयोग पुगेको बताए । उप–प्रमुख उमा थापा मगरले कोभिड रोकथाम नियन्त्रणका लागि नेपालगन्जले सक्दो प्रयास जारी राखेको भन्दै नेपालगन्जले गरिरहेका कार्यक्रम बारे जानकारी दिइन् ।
प्रबक्ता प्रमोद रिजालले नेपालगन्ज उपमहानगरपालिका सँगै वडास्तरबाट पनि प्रभावकारी कार्यक्रम भएको दावी गरे । पत्रकार भेट्घाटमा वडा नंं. २ का वडा अध्यक्ष सुनील सिंह हमाल, वडा नं. १८ का वडा अध्यक्ष दीपक वर्मा लगायतको सहभागिता रहेको थियो ।
कोरोना संक्रमणका क्रममा उपमहानगरमा कार्यरत एकजना जनप्रतिनिधी र दुई जना कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सरसफाईकर्मी गरि १५९ जनामा कोभिड संक्रमण भएको वडा अध्यक्ष समेत रहेका प्रवक्ता रिजालले बताए ।
कोभिड रोकथाम र नियन्त्रणका लागि जनशक्ति अभाव भएपछि उप–महानगरले ५४ जना स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको उनले जानकारी दिए ।
जमुनाहस्थित हेल्थडेस्क, आईसोलेसन र वडास्थित स्वास्थ्य संस्थामा ति स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए ।
उपमहानगरले संचालनमा ल्याएको आइसोलेसनबाट ४ बैशाख देखि १ जेठसम्म १०५ जनाले सेवा लिएको उपमहानगरले जनाएको छ ।

Previous articleफरक उद्योगले उदायका सतिशः अस्पतालका लागि शैया तयार गर्न भ्याई–नभ्याई
Next articleकोरोना संक्रमणबाट वडा अध्यक्ष चौधरी र पत्रकार बस्नेतको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here