बाँके, ३० बैशाख ।
‘धन हुनेको मन ठूलोकी मन हुनेको धन’ हो, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का दीपक बर्मासँग धन र मन दुवै छ । उनी आफ्नो कार्यकालमा वडा नं. १८ का सवै सडक कालोपत्रे गर्ने अभियानमा मात्र छैनन् अहिलेको कोरोना महामारीले थलिएका वडाबासीको पीडामा मल्हम पट्टी लगाउन दिनरात खटिन्छन् । उनले दुई दिनमा झण्डै ४० जना संक्रमितलाई भेटेर स्वास्थ्य परीक्षण गराउनुका साथै औषधि समेत प्रदान गरेका छन् ।
उनले जनताको सेवा नै परम धर्म सम्झेर विरामीको सेवामा खटिएको बताए । ‘संक्रमणको बेलामात्र होइन म अन्य समयमा पनि जनताको सेवामै हुन्छु,’ उनले भने ।
उनी चिकित्सक सहितको टोली लिएर कोरोना संक्रमितको घरमा पुगेपछि हौसला र आत्मबल बढेको एक संक्रमितले भने । वडा अध्यक्ष दीपक बर्मा जी घरमै चिकित्सक लिएर आएपछि आधा रोग त्यसै निको भए जस्तो शरिरमा फुर्ती बढ्यो,’ होम आइसोलेशनमा रहेका एक संक्रमितले भने ।
वडा अध्यक्ष बर्माले आफ्नो वडाका बासिन्दालाई मात्र नभई अन्य वडाका जनतालाई समेत औषधि दिने गरेका छन् । गत बर्ष कोरोना संक्रमित भई सिटि प्यालेसको आइसोलेशनमा रहेका बेला समेत उनले धेरैलाई औषधि दिएका थिए । ‘म आइसोलेशनमा थिए । फोन गरेर औषधि माग्थे । आफ्नो सहयोगीलाई औषधि किनेर पुर्याउन भन्थेँ,’ वडा अध्यक्ष बर्माले भने ।