भेरी अस्पतालको इमरजेन्सी वार्ड समेत कोरोना संक्रमितले भरिभराउ (फोटो सहित)

बाँके, २९ बैशाख ।


नेपालगन्जस्थित भेरी अस्पतालको इमरजेन्सी वार्ड समेत कोरोना संक्रमितले भरिएको छ । इमरजेन्सी वार्डमा मात्र १४ जना कोरोना संक्रमित उपचाररत रहेको भेरी अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा उपचाररत अन्य विरामीमा पनि कोरोना संक्रमण लक्षण भएका विरामी रहेको एक स्वास्थ्यकर्मीले बताए ।


त्यसैगरि, इमरजेन्सी वार्ड बाहिर रहेको ज्वरो क्लिनिक पनि संक्रमितले भरिएको छ । टेन्टले बनाइएको उक्त ज्वरो क्लिनिकमा चार जना संक्रमित रहेका छन् । भेरी कोरोना विशेष अस्पतालमा पनि क्षमता भन्दा धेरै विरामी उपचाररत छन् भने कोरोना विशेष अस्पतालको ग्यालरीमा समेत विरामी रहेको अस्पतालले जनाएको छ ।

Previous articleबाँके र दाङका अक्सिजन प्लान्टसँग भएका ८,६०० सय मध्ये १,८०० सिलिण्डर मात्र आलोपालोमा संचालन
Next articleविकासमा फड्को मारेका वडा अध्यक्ष दीपक दिनरात कोरोना संक्रमितको हेरचाहमा सक्रिय (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here