संक्रमितको घर–घरमा पुगेर उपचारमा सहयोग गर्दै वडा अध्यक्ष रिजाल (फोटो फिचर)

बाँके, २६ बैशाख ।


कोरोनाले होम आइसोलेशनमा रहेका मतदाताको घर–घरमा पुगेर नेपालगन्ज उपमहानगरपालिका १ का अध्यक्ष प्रमोद रिजालले स्वास्थ्य अवस्था बुझेका छन् । चिकित्सकसहितको टोली लिएर वडा अध्यक्ष रिजाल कोरोना संक्रमितको घरमा पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधि प्रदान गरिरहेका छन् ।
शनिवारदेखि संक्रमितको घर–घर पुगेर स्वास्थ्य अवस्था बुझ्नुका साथै औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए । उनले वडामा रहेका सम्पूर्ण संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक औषधि उपचारमा सहयोग गर्ने बताए ।


टोलीमा रहेका स्वास्थ्यकर्मीले होम आइसोलेशनमा बस्दा अपनाउनु पर्ने सावधानी र स्वास्थ्यमा देखिने समस्याका बारेमा संक्रमितलाई परामर्श दिँदै आएका छन् । चिकित्सकसहित वडा अध्यक्षको टोली घरमा आएर स्वास्थ्य अवस्था बुझेपछि हौसला र आत्मबल बढेको एक संक्रमितले बताए । घरमै आएर स्वास्थ्य अवस्थाको जानकारी र औषधि तथा स्वास्थ्य सामग्री दिएपछि हामीमा कोरोना जित्ने आत्मबल बढेको छ,’ ति संक्रमितले भने ।
उनको साथमा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायत संक्रमितको घरमा पुगेर उपचारमा सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।

Previous articleकोरोना संक्रमितको घरमै पुगेर उपचार र परामर्श दिने नेपालगन्ज उपमहानगर १ को तयारी
Next articleभेरी अस्पताललाई अवधि पत्रकार संघको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here