डुडुवाको आइसोलेशनलाई रेड्क्रसको सहयोग

बाँके, २३ बैशाख ।


नेपाल रेड्क्रस सोसाइटी, बाँकेले डुडुवा गाउँपालिकाको आइसोलेशनलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेशनलाई व्यवस्थित गर्न स्वास्थ्य सामग्री उपलब्ध गराइएको रेड्क्रसले जनाएको छ ।
कोभिड संक्रमणका विरामीको उपचारमा सहजताका लागि स्वास्थ्य सामग्री गरिएको रेड्क्रस बाँकेका मन्त्री अजिज अहमद सिद्धिकीले बताए । उनले विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा स्प्रे मेसिन र अस्थायी शौचालयका लागि दुई थान प्यान बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष चौधरीले रेड्क्रसले प्रदान गरेको सामग्रीले अक्सिजन सहितको आइसोलेशनमा रहेका विरामीलाई सेवा प्रदान गर्न सहज हुने बताए । पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत संचालित आइसोलेशन सेन्टरका लागि उक्त सामग्री प्रदान गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये दुई जनाका आइसोलेशन वार्डमा उपचार भइरहेको छ भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिए । ‘होम आइसोलेशनमा रहेका विरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गर्ने ब्यवस्था मिलाइएको छ,’ उनले भने ।

Previous articleअक्सिजन नपाउँदा कोभिड अस्पतालको क्षमता विस्तार रोकियो
Next articleकोरोना संक्रमितको घरमै पुगेर उपचार र परामर्श दिने नेपालगन्ज उपमहानगर १ को तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here