लकडाउनले रोकिएन कोरोना संक्रमण, संक्रमण दर झनै उकालो लाग्दै

बाँके, १९ बैशाख ।


बाँकेमा यतिखेर लकडाउन छ । नेपालगन्जमा कोरोना संक्रमण दर उच्च भएपछि बाँके प्रशासनले ९ बैशाखदेखि पहिलो चरणमा नेपालगन्जलाई लकडाउन गरेको थियो । नेपालगन्जमा भएको लकडाउनले संक्रमण दर नघटेपछि स्थानीय प्रशासनले बाँकेलाई नै लकडाउन गरेको छ ।
कोरोना संक्रमण दर घटाई जनजीवन सहज बनाउन बाँके प्रशासनले पूरै जिल्लालाई लकडाउन गरे पनि संक्रमण दर घट्नुको साटो दिनदिनै बढ्दै गएको छ । बाँकेका विभिन्न पिसिआर ल्याबमा आठ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ६ सय २८ जनामा कोरोना पुष्टि भएको थियो । ति मध्ये पाँच सय चार जना बाँकेका हुन् ।
शनिवार पनि सोही हाराहारीमा कोरोना संक्रमित फेला परेका छन् । चार सय चार सय ३५ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालको पिसिआर ल्याबमा ६ सय ३२ जनाको स्वाब परीक्षण गर्दा चार सय ३५ जनामा कोरोना पुष्टि भएको डिसिसिएमसीका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । पुष्टि भएका संक्रमित मध्ये एक सय ७२ महिला र एक सय ८८ पुरुष गरि तीन सय ६० जना बाँकेका हुन् ।
त्यसैगरि, १७ बैशाखमा बाँकेका विभिन्न ल्याबमा स्वाब परीक्षण गर्दा चार सय ९६ जनामा कोरोना पुष्टि भएको थियो । ति मध्ये एक सय ९२ महिला र दुई सय ४७ पुरुष गरि चार सय ३९ जना बाँकेका भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

Previous articleजमुनाह नाका संचालनमा ल्याउन सीसीएमसीको सिफारिस
Next articleमुख्यमन्त्री शंकर पोखरेलले गरे शपथ ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here