मुख्यमन्त्री शंकर पोखरेलले गरे शपथ ग्रहण

बाँके, १९ बैशाख ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोख्रेललाई मुख्यमन्त्रीको कार्यालयमा गएर शपथ गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले शपथ ग्रहण गरेलगत्तै आर्थिक योजनामन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई नियुक्त गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार मन्त्रीमा सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजयबहादुर यादवलाई नियुक्त गगरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here