जमुनाह नाका संचालनमा ल्याउन सीसीएमसीको सिफारिस

बाँके, १७ बैशाख ।
काठमाडौँ । कोभिड—१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले जमुनाह नाका संचालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेका ३५ वटा नाकामध्ये जमुनाह नाका पनि संचालनमा ल्याउन मन्त्रिपरिषद समक्ष सिफारिस गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार दिए ।
उनले नेपाल–भारत सीमा नाका अन्तरगत १३ वटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको बताए ।
यी हुन सीसीएमसीले सिफारिस गरेका नाकाहरु ?
पशुपतिनगर
काँकडभिट्टा
जोगवनी
भिट्टामोड
गौर
वीरगञ्ज
कृष्णनगर
बेलहिया
जमुनाह (नेपालगन्ज)
गौरीफन्टा
गड्डाचौकी
कुलघाट
झुलाघाट

Previous articleवडा अध्यक्ष मल्लले बनाए आफ्नै खर्चमा अक्सिजनसहितको आइसोलेशन
Next articleलकडाउनले रोकिएन कोरोना संक्रमण, संक्रमण दर झनै उकालो लाग्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here