वडा अध्यक्ष मल्लले बनाए आफ्नै खर्चमा अक्सिजनसहितको आइसोलेशन

बाँके, १५ बैशाख ।


खजुुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लले आफ्नै खर्चमा अक्सिजन सहितको आइसोलेशन संचालनमा ल्याएका छन् । उनले राधापुर स्वास्थ्य चौकीमा अक्सिजन सहितको १० बेडको आइसोलेशन संचालनमा ल्याएको बताए ।
गाउँपालिकामा बजेट नभएपछि आफ्नो वडाका विरामीका लागि आफ्नै खर्चमा आइसोलेशन संचालनमा ल्याएको उनले दावी गरे । बाँकेमा कोरोना संक्रमणको अवस्था भयाबह भएपछि उपचार नपाउने अवस्था सिर्जना भएपछि आइसोलेशन निर्माणमा जुटेको जानकारी दिए । ‘मैले मार्केटिङका लागि अक्सिजन सहितको आइसोलेशन संचालनमा ल्याएको होइन । आफ्नो वडाका जनताको पीडा हेर्न नसकेर आइसोलेशन संचालन गरेको हुँ,’ वडा अध्यक्ष मल्लले भने ।
उनले आफ्नो वडाका विरामीको मात्र उपचार गर्ने लक्ष्य सहित आइसोलेशन निर्माण गरे पनि बाहिरका विरामीलाई पनि राख्न दवाव आएको बताए । ‘म मेरो वडाबासीको दुख टुलुटुलु हेरेर बस्न सक्दैन । उपचार नपाएर अस्पतालको बेडमा छट्पटाइरहेको हेरेर बस्न सक्दैन,’ उनले भने, ‘वडाबासीको दुख सुखमा साथ दिने मेरो मानविय दायित्व पनि हो ।’
उनले आइसोलेशनका लागि एक्स–रे समेत खरिद गरि ल्याइसकेको बताए । एक्स–रे मेसिन आइपुगेको छ । प्राविधिकले १४ बैशाखमा जडान गरेपछि १५ गतेबाट संचालनमा ल्याउँछौँ,’ वडा अध्यक्ष मल्लले भने । उक्त आइसोलेशनमा अक्सिजन आवश्यक पर्ने चार जना संक्रमित उपचाररत छन् ।

Previous articleवडा अध्यक्ष बेहनाले बनाउन थाले अक्सिजनसहितको कोरोना अस्पताल
Next articleजमुनाह नाका संचालनमा ल्याउन सीसीएमसीको सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here