वडा अध्यक्ष बेहनाले बनाउन थाले अक्सिजनसहितको कोरोना अस्पताल

बाँके, १४ बैशाख ।


नेपालगन्ज उपमहानगरपालिकाले अक्सिजन सहितको १० बेडको कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ । कोरोनाका विरामीले अस्पतालमा बेड नपाउने समस्या सिर्जना भएपछि अक्सिजन सहितको १० बेडको कोभिड अस्पताल संचालनमा ल्याउन लागेको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।
कोभिड अस्पताल संचालनका लागि वडा अध्यक्ष बेहना आफै खटिएका छन् । छिटोभन्दा छिटो संचालन गर्नुपर्ने भएकोले निर्माण सामग्री ओसार्न आफै सक्रियताका साथ लागेका छन् । ढिलोमा अबको एक हप्तामा कोभिड अस्पताल संचालनमा ल्याउँछौँ । अक्सिजन चाहिने विरामीलाई यहिँ उपचार गछौँ, आइसियू र भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई मात्र अन्य कोभिड अस्पतालमा रेफर गर्ने ब्यवस्था मिलाउँछौँ,’ उनले भने ।
अस्पताल संचालनका लागि मेडिकल अफिसर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी भर्ना गर्न र आवश्यक सामग्री खरिद प्रक्रिया अगाडी बढिसकेको वडा अध्यक्ष बेहनाले बताए । कोरोना संक्रमण र विरामीले उपचार नपाएको अवस्थालाई मध्यनजर गरि फास्ट ट्रयाकबाट काम अगाडी बढाएका छौँ,’ वडा अध्यक्ष बेहनाले बताए ।
उनले भेरी अस्पतालका विरामीलाई चाहिने अक्सिजन खरिदका लागि दुई लाख रुपैँया प्रदान गरिसकेका छन् । भने, उनले विरामीका लागि तातो पानीको ब्यवस्था समेत गरेका छन् ।

Previous articleलक्ष्मणपुर आइसोलेशनबाट संक्रमितले गरे सहयोगको याचना
Next articleवडा अध्यक्ष मल्लले बनाए आफ्नै खर्चमा अक्सिजनसहितको आइसोलेशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here