एकै दिन कोहलपुर नगरपालिका–२ का दुई जना कोरोना संक्रमितको मृत्यु

File Photo

बाँके, ७ बैशाख ।


कोहलपुर नगरपालिकाका दुईजना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ का एक महिला र एक पुरुषको एकै दिन मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।
उनले कोहलपुर नगरपालिका २, बर्दह्वाकी ३५ बर्षिया महिलाको सोमवार दिउँसो ३ बजे र सोही वडाका अर्का ७७ बर्षिय पुरुषको राती ९ बजे मृत्यु भएको बताए । महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु पछि मात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको ओलीले बताए ।
मृतक पुरुषको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । ७७ बर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको गेटमै मृत्यु भएको उनले जानकारी दिए । उनी दम र क्षय रोगका विरामी थिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा ६३ पुगेको छ ।

Previous articleसोमवार बाँकेमा दुई सय ५६ जनामा कोरोना पुष्टि
Next articleविहीवार विहान १२ बजेदेखि लागू हुने गरि नेपालगन्ज क्षेत्रभर सात दिन लकडाउन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here