२५ जनाभन्दा बढी जम्मा हुन नपाउने सरकारको निर्णय

बाँके, ६ बैशाख ।


सरकारले कोभिड–१९ को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न अपिल गरेको छ । विदेशबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्न पनि सरकारले अनुरोध गरेको छ । २५ जनाभन्दा बढी जम्मा नहुने, कुनै पनि सामान अनावश्यक नछुने, मास्क अनिवार्य, स्यानिटाइजर वा साबुनपानीले पटक–पटक हात धोएर आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि सरकारले अपिल गरेको छ ।
मेला, महोत्सव, जात्रा, पर्व, विवाहजस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाइने भएको छ । सभा–सम्मेलन गर्नुपर्ने भएमा भर्चुअल गर्ने र भौतिक रूपमा उपस्थित हुनुपर्ने भएमा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने भएको छ । एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर सपिङ मल र डिपार्टमेन्ट हल सञ्चालन गर्न पाइने सरकारले निर्णय गरेको छ ।
त्यसैगरी सिट क्षमताभन्दा बढी नराखी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ । तर, त्यसका लागि चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, ढोकामा र भित्र स्यानिटाइजर राखिएको हुुनुपर्ने र दैनिक यातायातका साधनलाई निसंक्रमण गर्नुपर्नेछ । मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, सवारी सञ्चालकले आवश्यक परे प्रतिमास्क बढीमा १० रुपैयाँमा बेच्न पाउने भएका छन् । नयाँ पत्रिकाबाट साभार

Previous articleप्रशासनले रोक लगाएपछि नेपालगन्ज नाका सुनसान
Next articleसोमवार बाँकेमा दुई सय ५६ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here