बाँकेमा बढ्दै कोरोना संक्रमण र मृत्यु दर

File Photo

बाँके, ५ बैशाख ।


कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै बाँकेका कोभिड अस्पतालमा उपचाररत संक्रमितको मृत्यु हुने संख्या पनि बढेको छ । शुन्यमा झरिसकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्ड अहिले संक्रमितले भरिभराउ छ । यस अस्पतालमा संक्रमितको दैनिकजसो मृत्यु हुन थालेको छ । अस्पतालमा पछिल्लो तीन घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शनिबार बेलुकी ७ बजे राजापुर नगरपालिका–१ बर्दियाका ७३ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भयो । स्वास्थ्यमा समस्या देखिए पछि उनलाई २ बैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको ३ बैशाखमा कोरोना पुष्टि भएको थियो ।
राजापुरका कोरोना संक्रमितको मृत्यु भएको ४० मिनेट पछि बैजनाथ गाउँपालिका–८ बाँकेकी ७८ वर्षिया कोरोना संक्रमितको मृत्यु भयो । ३१ चैत्रमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १ बैशाखमा अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएको चार दिनपछि उनको शनिबार बेलुकी ७ः४० बजे मृत्यु भएको डिसीसीएमसी, बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यसैबीच, नारायण नगरपालिका–१ दैलेखकी ६८ वर्षिया कोरोना संक्रमित महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । उनको ३० चैत्रमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो । ति महिलाको शनिबार राती ९ः३० बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । भने, बाँके जिल्लाका ६० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

Previous articleअति आबश्यक काम बाहेक निस्कन छाडे सर्वसाधारण (फोटो फिचर)
Next articleप्रशासनले रोक लगाएपछि नेपालगन्ज नाका सुनसान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here