भारतबाट आएका १७ जनाको स्वाब परीक्षण, ९ जनामा कोरोना पुष्टि

बाँके, ४ बैशाख ।


नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा शनिवार भारतबाट आउँदै गरेका ९ जना कोरोना संक्रमित फेला परेका छन् । भारतको गुजरातबाट आएका १७ जनाको एन्टीजेन विधिबाट स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।
हेल्थ डेस्कमा भारतको दिल्ली, गुजरात, महाराष्ट्र, पञ्जाव, हरियाणा लगायत ठाउँबाट आएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ । यी ठाउँमा कोरोना संक्रमण अत्यधिक भएकोले त्यहाँबाट आएका नेपालीको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा स्वाब परीक्षण गराएका मध्ये अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । पछिल्लो समय नाकामा कोरोना संक्रमित फेला पर्ने संख्या बढेको उनले बताए ।

Previous articleबस र टिप्पर ठोक्दिा पाँचको मृत्यु, सातको अवस्था गम्भिर
Next articleअति आबश्यक काम बाहेक निस्कन छाडे सर्वसाधारण (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here