अति आबश्यक काम बाहेक निस्कन छाडे सर्वसाधारण (फोटो फिचर)

बाँके, ४ बैशाख ।


दिन प्रतिदिन कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारण घर बाहिर निस्कने क्रम घटेको छ । नेपालगन्जको अति ब्यस्त रहने धम्बोझी, विपी चोक, सदरलाइन, त्रिभुवन चोक, सेतु विक चोक, न्यूरोड लगायतका स्थानमा शनिवार सर्वसाधारणको उपस्थिति निकै कम देखिएको नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले बताए ।


कोरोना संक्रमण बढेपछि सर्वसाधारण स्वस्फूर्त रुपमा घर भित्र बस्न थालेको उनले बताए । हरेक दिन भीडभाड हुने स्थानमा समेत शुक्रवारदेखि सर्वसाधारणको उपस्थिती घटेको उनको भनाई छ । ‘कोरोना प्रति सर्वसाधारण आफै सजग भएर सर्वसाधारण घर भित्र बस्न थालेको हुनु पर्छ,’ उनले भने, यसले कोरोना संक्रमण न्यूनिकरण गर्न केहि हदसम्म सहयोग मिल्ने छ ।’
उनले लकडाउन गर्नुभन्दा सर्वसाधारणलाई कोरोनाको बारेमा बुझाउन जरुरी रहेको बताए । सर्वसाधारणमा जागरुक र सचेतना नभएसम्म लकडाउनको कुनै अर्थ नरहने जिकिर गरे । ‘सर्वसाधारण स्वस्फूर्त रुपमा घर बाहिर ननिस्कने हो भने लकडाउनको आवश्यकता पर्दैन,’ बैश्यले भने ।


एक सय ६६ संक्रमित मध्ये बाँकेका ११८ जनामा संक्रमण पुष्टि
भेरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार थप एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये एक सय १८ जना बाँकेका हुन् । विगत २४ घण्टामा दुई सय ५५ जनाको स्वाब परीक्षण गर्दा ८–७३ बर्ष उमेर समुहको एक सय ६६ जनामा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
शुक्रवारमात्र बाँकेका विभिन्न प्रयोगशालामा दुई सय जनामा कोरोना पुष्टि भएको थियो । ति मध्ये एक सय ३८ जना बाँकेका भएको डिसीसीएमसीले जनाएको छ । यहाँ ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ ।
बेलुकी ७ बजेपछि रेष्टुरेन्ट र क्लब बन्द गर्न केन्द्रले अपिल गरेको छ । मनोरन्जन स्थलहरु, फनपार्क, सिनेमा हल लगायत पनि बन्द गर्न भनिएको छ ।

Previous articleभारतबाट आएका १७ जनाको स्वाब परीक्षण, ९ जनामा कोरोना पुष्टि
Next articleबाँकेमा बढ्दै कोरोना संक्रमण र मृत्यु दर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here