बस र टिप्पर ठोक्दिा पाँचको मृत्यु, सातको अवस्था गम्भिर

बाँके, ३ बैशाख ।


कोहलपुर–अमिलिया सडक खण्ड अन्तरगत कोहलपुर नगरपालिका–१२ रोहिणी खोला नजिक शुक्रवार बेलुकी भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र शमशेरगन्जबाट कोहलपुर तर्फ आउँदै गरेको टिप्पर एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
एक जनाको घटनास्थलमै र चार जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याउने वित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनले घटनास्थलबाट ४७ जना घाइतेको उद्धार गरिएको बताए । घाइते मध्ये सात जनाको अवस्था गम्भिर रहेको उनले बताए ।
घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा बस र टिप्पर ढलेपछि यात्रुको उद्धारका लागि दुई क्रेन र तीन वटा स्काभेटर प्रयोग गरिएको डिएसपी खनालले बताए । पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्पर भित्र रहेका यात्रुको उद्धारका लागि ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । घाइतेको उद्धार गर्न दुई घण्टा लागेको उनले जानकारी दिए ।

Previous articleबाँकेमा कोरोना संक्रमण दर ६९.४ प्रतिशत, एकै दिन १३८ कोरोना संक्रमित फेला
Next articleभारतबाट आएका १७ जनाको स्वाब परीक्षण, ९ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here