खजुराका ४२ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, २ बैशाख ।


बाँकेको खजुरा गाउँपालिका–२ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत ४२ बर्षिय कोरोना संक्रमित उपचारका क्रममा बुधवार राती करिव १० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिए पछि उनलाई शिक्षण अस्पतालमा ल्याइएको थियो । उनको १ बैशाखमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएकै राती उनको मृत्यु भएको ओलीले बताए ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । कोरोना फोकल पर्सन ओलीका अनुसार, पछिल्लो सात दिनमा तीन सय ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

Previous articleफैलिदै कोरोना : एकै दिन बाँकेका ८५ जनामा कोरोना पुष्टि
Next articleगोचाली परिवारले मनायो ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here