गोचाली परिवारले मनायो ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति

बाँके, २ बैशाख ।


गोचाली परिवारले आफ्नो ५० औँ बार्षिक उत्सव र स्वर्ण जयन्ति मनाएको छ । बर्दियाको बार बर्दिया नगरपालिकामा मनाइएको स्वर्ण जयन्तिको अवसरमा महत्वपूर्ण निर्णय समेत भएको गोचाली परिवारका अध्यक्ष दशरथ चौधरी (सुदिन) ले जानकारी दिए ।
उनका अनुसार, गोचाली परिवारले प्रगतिशील समाज निर्माण गर्नका लागि सुरु गरेको अभियानलाई बैचारिक पुनर्जागरण गरि रणनैतिक ढंगले अगाडी बढ्ने निर्णय भएको छ । त्यसैगरि, गोचाली परिवारलाई साँगठनिक रुपमा विस्तार गरि पालिका र जिल्ला हुँदै राष्ट्रिय रुपमा विस्तार गरिने भएको छ ।
थारु समाजमा रहेको कुरिति र कुसंस्कार अन्त्य गर्न गोचाली परिवारले योजनाबद्ध रुपमा अभियान सञ्चालन गर्ने निर्णय भएको बताउँदै उनले गोचालीलाई खुल्ला दायरामा लैजाने र थारु भाषा, साहित्यको मुलखम्बा गोचाली पत्रिकालाई थारु भाषाको मानकता र मानक लेखनको लागि अगुवाई गर्ने संस्थाको रुपमा विकास गरिने भएको छ ।
थारु लोकसाहित्यको अध्ययन, अनुसन्धान, प्रकाशनमा महत्वका साथ काम गर्ने बताउँदै उनले गोचाली परिवारमा आबद्ध भएर गोचाली अभियानलाई सशक्त तथा बलियो बनाउने क्रममा बलिदान तथा योगदान दिएका योद्धालाई परिचय पत्रसहित गोचाली ग्रन्थ प्रकाशन गर्ने निर्णय भएको परिवारका सदस्य निराजन चौधरीले बताए । उनले थारुभाषा साहित्य र संस्कृति क्षेत्रमा कलम चलाउने स्रष्टाहरुलाई प्रोत्साहित गर्नका लागि गोचाली साहित्य पुरस्कार घोषणा समेत गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here