फैलिदै कोरोना : एकै दिन बाँकेका ८५ जनामा कोरोना पुष्टि

बाँके, १ बैशाख ।

बाँकेमा बुधवार ८५ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्याथोलोजीको पिसिआर ल्याबमा स्वाब परीक्षण गराएका मध्ये ८५ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले बताए ।
भेरी अस्पतालको पिसिआर ल्याबमा एक सय २३ जनाको स्वाब परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्यसैगरि, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका पिसिआर ल्याबमा स्वाब परीक्षण गराएका मध्ये २१ जनामा पनि कोरोना पुष्टि भएको छ । उनले बागेश्वरी प्याथोलोजीमा स्वाब परीक्षण गराएका आठ जनामा पनि कोरोना पुष्टि भएको जानकारी दिए । बुधवार कैलाली, पश्चिम रुकुम, दाङ, कालिकोट, जाजरकोट र बर्दिया जिल्लाका कोरोना संक्रमितको पनि बाँकेका ल्याबमा पुष्टि भएको ओलीले जानकारी दिए ।
चार बर्षका बालकदेखि ८१ बर्षका पुरुषमा कोरोना संक्रमण भएको बताए । भेरी अस्पतालमा परीक्षण गरिएका ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ । बुधवार बाँकेको नेपालगन्ज, कोहलपुर, डुडुवा, राप्तीसोनारी, खजुरा, नरैनापुर, जानकी र बैजनाथ गाउँपालिकाका भएको ओलीले बताए ।

Previous articleनरैनापुरका १४ हजार नागरिक अझैँ निरक्षर
Next articleखजुराका ४२ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here