बाँकेमा एक सय ९ जना सक्रिय कोरोना संक्रमित

बाँके, २८ चैत ।


भेरी अस्पतालमा पिसिआर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्दै गएको छ । २८ चैतका दिन मात्र नेपालगन्जका २९ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । नेपालगन्ज र कोहलपुरका विभिन्न पिसिआर ल्याबमा स्वाब परीक्षण गराएका मध्ये बाँकेका २९ र बाहिरी जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
दुई महिना अघि भेरी अस्पतालको आइसोलेसनमा ८–१० जनामात्रै थिए । अहिले सक्रिय संक्रमितको संख्या १०९ पुगेको उनले बताए । ‘संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसन बन्द हुने अवस्थामा पुगेको थियो । पछिल्लो १५ दिनमा बढेर १०९ जना पुगेका छन्,’ उनले भने ।
बाँकेका १०९ संक्रमित मध्ये सात जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको उनले बताए । ‘यसैगरि बढ्दै गए भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने हुन सक्छ,’ उनले भने, ‘समयमा ध्यान नदिने हो भने अवस्था गम्भिर हुन सक्छ ।’

Previous articleभेरी अस्पतालको पिसिआर ल्याब शनिवार पनि खुल्ने
Next articleनेपालको गतिविधि नियाल्न दशगजा नजिकै भारतद्वारा सिसि क्यामेरा जडान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here