उच्च अदालत बार एशोसिएशन नेपालगन्जको नेतृत्व सर्वसम्मत चयन

बाँके, १८ चैत ।


उच्च अदालत बार एशोसिएशन नेपालगन्जको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने निश्चित भएका छन् । विभिन्न राजनीतिक दलमा आस्था राख्ने पेशागत कानुन ब्यवसायीका अगुवाको रोहवरमा पदाधिकारी लगायत सदस्य पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि नेतृत्व सर्वसम्मत रुपमा चयन हुने भएको हो ।
सहमति अनुसार, अध्यक्षमा प्रजातान्त्रिक कानुन ब्यवसायीका शिवकुमार श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । भने, उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा सुर्जलाल थारुले मात्र उम्मेदवारी दिएका छन् । केसी र थारु प्रजातान्त्रिक कानुन ब्यवसायी र पाण्डे एमाले निकट पेशागत तथा प्रगतिशील कानुन ब्यवसायी संगठनमा आवद्ध छन् । एक पदमा एकजनाको मात्र उम्मेदवारी परेकोले सवैजना निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार पोख्रेलले बताए ।
त्यसैगरि, सदस्यमा पुरुषोत्तमकुमार डाँगी, विक्रम भण्डारी, गणेशमान केसी, रामचन्द्र घिमिरे, मोहनविक्रम अर्याल, राकेशकुमार सोनी, कुम्भराज मिश्र, कर्णबहादुर केसी र अमृता केसीको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका विनोदकुमार गुप्ताले जानकारी दिए ।

Previous articleशेरधन राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता
Next articleसदस्यता वितरणमा भएको विभेदकारी नीतिका विरुद्ध चौतारीले थालेको अभियानमा अवधि पत्रकार संघको ऐक्यवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here