पत्रकार हेमन्त चौधरीमाथि हातपात

बाँके, १६ चैत ।


एक समुहको आक्रमणमा परि नेपाल पत्रकार महासंघ, बाँकेका साधारण सदस्य हेमन्त चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण भएको प्रहरीले जनाएको छ ।
उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् । गोचालीखवर डट कम उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

Previous articleसामाजिक दूरी कायम गरि अनलाइन पत्रकारको होली मिलन
Next articleसरकार र थारुवान संघर्ष समिति वीचको बार्ता सकारात्मक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here