सामाजिक दूरी कायम गरि अनलाइन पत्रकारको होली मिलन

बाँके, १५ चैत ।


अनलाइन पत्रकार संघ बाँकेले सामाजिक दूरी कायम गरि होली मनाएको छ । कोरोना संक्रमणलाई मध्यनजर गरि सामाजिक दूरीको पालना गर्दै होली मनाएको संघका संयोजक कमल न्यौपानले बताए ।
उनले नेपालीको धार्मिक तथा सांस्कृतिक संरक्षण गर्दै होली मनाएको बताए । ‘संस्कृतिको संरक्षणका लागि कोरोना संक्रमणलाई मध्यनजर गरि सामाजिक दूरी पालना गरेर एक आपसमा रंगअविर दलेर होली मनाएका छौँ,’ उनले भने ।
नेपालगन्जको रामलिला मैदानमा मनाइएको होली कार्यक्रममा यहाँका दर्जनबढी संचारकर्मीसँगै दलका नेता, नागरिक समाजका प्रतिनिधी लगायतको सहभागिता रहेको संघका सचिव रामु ओली बताए ।
यसैवीच, कोरोना संक्रमणका बेला रगत अभाव हुन नदिन संघले बैशाख पहिलो साता रक्तदान गर्ने भएको छ । नयाँ बर्षको अवसर पारेर बृहत रक्तदान कार्यक्रम गर्न लागिएको सचिव ओलीले बताए ।
रक्तदानका लागि संघका उपाध्यक्ष जावेद अन्सारीको संयोजकत्वमा भीष्म लोध र प्रेणा गिरि सदस्य रहेको तीन सदस्यीय रक्तदान उपसमिति गठन गरेको उनले बताए । बाँके शाखालाई अनलाइन पत्रकार संघ नेपालको केन्द्रीय कमिटीले देशभरकै पहिलो जिल्ला शाखाका रूपमा अनुमोदन गरि मान्यता प्रदान गरेको भन्दै संघले धन्यवाद दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here