केन्द्रको जवरजस्ती विरुद्ध महासंघ बाँकेमा प्रेस चौतारीको तालाबन्दी

बाँके, १५ चैत ।


नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले अवैध र राजनीतिक पूर्वाग्राही ढंगले सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल, बाँकेल नेपाल पत्रकार महासंघ, बाँकेमा तालाबन्दी गरेको छ । २५ चैतमा हुने निर्वाचनका लागि जारी गरिएको मतदाता नामावलीमा बाँके जिल्लामा गैरपत्रकारको नामावली संलग्न गरि नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले आइतवार महासंघ बाँकेमा तालाबन्दी गरेको अध्यक्ष हेमन्त विकले बताए ।
चौतारीका अध्यक्ष बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, प्रेस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, अग्रज पत्रकार जे पाण्डे लगायतका पत्रकारले तालाबन्दी गरेको चौतारी, बाँकेका सचिव कमल डाँगीले बताए ।


महासंघ बाँकेले निर्णय गरि पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडी बढ्न नदिने चौतारीले चेतावनी दिएको छ । महासंघले पठाएका नयाँ सदस्यहरुको सूचीमा क्रियाशिल पत्रकारको नाम समेत छुटेको चौतारीले जनाएको छ । महासंघ केन्द्रले सदस्यता वितरणमा गरेको विभेद गरेको बताउँदै उक्त कार्य प्रति पूर्ण विमती जनाउँदै घोर आपत्ती जनाएको छ । ‘उक्त कार्यले पत्रकार महासंघ जिल्ला शाखा र प्रदेशको मर्यादा, सम्मान र यसको सर्वस्वीकार्य प्रति प्रश्न उठेको छ । यस प्रकारको हैकमवादी प्रवृतिले पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले अहंकार, गैर जिम्मेवारी र नेतृत्वको असक्षमताको ऐना हो,’ चौतारीका अध्यक्ष विकले भनेका छन्, ‘नयाँ सदस्यता वितरणको प्रक्रिया लत्याउँदै विधि, विधान र प्रक्रिया विपरित केन्द्रबाट नाम परिवर्तन गर्ने कार्य हामीलाई कदापी स्वीकार्य हुन सक्दैन । निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ ।’
प्रक्रिया विपरित नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदा सम्म निर्वाचन प्रकृया अगाडी नबढाउन महासंघ बाँके शाखासँग जोडदार माग गरिएको छ । नयाँ सदस्य थप गर्ने विषयमा शाखाको सिफारिस कार्यान्वयन हुनुपर्ने, पुराना सदस्यलाई हटाउने कुकार्य तत्काल सच्याउनु पर्ने र सदस्यता सरुवा गरिएकोमा शाखाको अनिवार्य स्वीकृती हुनु पर्ने यी सवालमा सुनुवाई नभए यस शाखाको निर्वाचन कुनैपनि अवस्थामा अगाडी बढ्न नदिने चौतारीले स्पष्ट पारेको छ ।

Previous articleटीकापुर राजबन्दीका तर्फबाट सांसद रेशमलाल चौधरी बने बार्ता संयोजक
Next articleसामाजिक दूरी कायम गरि अनलाइन पत्रकारको होली मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here