भारतबाट आउँदै गरेका एकजना एन्टीजेन पोजेटिभ फेला

बाँके, १३ चैत ।
भारतबाट आउँदै गरेका एकजनामा एन्टीजेन पुष्टि भएको छ । भारतको गुजरातबाट फर्किदै गरेका रोल्पा नगरपालिका–३ खुमेल, रोल्पाका ३४ बर्षिय शंकर विकको स्वाब परीक्षण गर्दा उनमा एन्टीजेन पोजेटिभ पुष्टि भएको हो । नेपालगन्ज नाकामा कोरोना भाइरसको अवस्था पत्ता लगाउन भारतबाट आउँदै गरेका नेपालीको स्वाब परीक्षण हुँदै आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकाले नेपाल–भारत सीमानाका जमुनाहमा संचालन गरेको हेल्थ डेस्कमा स्वाब परीक्षण गर्दा उनमा एन्टीजेन पोजेटिभ देखिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘एन्टीजेन पोजेटिभ भनेको कोरोना पोजेटिभ जस्तै हो,’ उनले भने ।
उनलाई एम्बुलेन्समार्फत रोल्पा पठाइएको उनले बताए । शुक्रवार दिउँसो ४ बजेसम्म १४ जनाको स्वाब परीक्षण गर्दा एक जनामा एन्टीजेन पोजेटिभ देखिएको बताउँदै उनले १० दिन होम क्वारेन्टाइन बस्ने गरि विकलाई गृह जिल्ला पठाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here