टीकापुर राजबन्दीका तर्फबाट सांसद रेशमलाल चौधरी बने बार्ता संयोजक

तस्वीरः लक्षमण थारुको फेसबुकबाट ।

बाँके, १३ चैत ।


टीकापुर घटना मुद्दामा अदालतले जेल सजाय तोकेपछि जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन भएको छ । उच्च अदालत दिपायलको फैसला लगत्तै अर्धभूमिगत रहेका मोर्चाका संयोजक लक्ष्मण थारुले शुक्रबार पत्रकार सम्मेलन गरि टीकापुर राजबन्दीको तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।
वार्ता टोलीको सदस्यमा लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनिराम चौधरी, विना चौधरी र यमुना चौधरी रहेको जारी विज्ञप्ती उल्लेख छ । वार्ता टोली गठनसहित मोर्चाले ४ बुँदे निर्णय पनि सार्वजनिक गरेको छ । उनले २० चैत भित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने बताएका छन् ।
१ महिनाभित्रै आफुहरुले उठाएका माग सम्बोधन नभए मोर्चाले सबै राजनीतिक दल, संघसंस्थासँग समन्वय गरि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
थारुले सबै राजनीतिक दल, थारु कल्याणकारिणी सभा, सरकारी पक्षलगायत सबै सरोकारवालासँग वार्ता गर्नको लागि वार्ता टोली गठन गरेको दाबी गरेका छन्।
सरकार तथा सत्ता समिकरणबारे कुनै सरोकार नभएको बताउँदै उनले टीकापुुर घटना मुद्दाले कसैको सरकार बनाउँने वा गिराउनेसँग सरोकार नराख्ने स्पष्ट पारे । उनले भने, ‘झुठा मुद्दा हो, खारेज हुनुपर्छ । हामीलाई त्यतिमात्र थाहा छ ।’
एनले रेशमलाल चौधरी जनता समाजबादी पार्टीको सांसद मात्र नभई थरुहट र थारुहरुको सुप्रिम नेता, बिचार र आदर्श समेत भएको जिकिर गरेका छन् । ‘झुठा मुद्दा खारेजी र रिहाइ सुनिश्चित गर्न सरकारले रेशमलालजीसँग बिलम्ब नगरि बार्ता गरोस् । टीकापुर राजबन्दी परिवारको बैठकको निर्णय हो यो,’ उनले भनेका छन् ।
उनले एमाले नेता समेत रहेका पूर्व मन्त्री महेश बस्नेत र रेशमलाल चौधरी वीच भएको बार्ताले केहि आशा पलाएको जनाएका छन् । कारागारमै गएर एमाले नेता बस्नेतले सांसद चौधरीसँग भेट गर्नु खुसीको कुरा हो । अव प्रधानमन्त्री केपी शर्मा ओली जीले कारागारमा नभई बालुवाटारमा बार्ता गरि समस्या सामाधान गर्नु पर्यो,’ थारुले आफ्नो फेसबुकमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here