१२ किलो चरेशसहित दुई पक्राउ

बाँके, १२ चैत ।


बाँके प्रहरीले १२ किलो चरेशसहित दुई जनालाई कोहलपुर क्षेत्रबाट पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडीको न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलबाट रोल्पा सुनिल स्मृति गाउँपालिका–७ का रुद्रबहादुर बुढा र रुकुम (पूर्व) भुमे गाउँपालिका –७ का रवि पुनलाई १२ किलो चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होटलको कोठा नंं. १०१ मा चरेशसहित बसेको सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट चरेश बरामद भएको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । उनीहरुले उक्त चरेश कपिलवस्तु शिवपुरबाट प्रति किलो २७ हजार रुपैँयाका दरले तीन लाख २४ हजारमा खरिद गरि विक्रीका लागि नेपालगन्ज ल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुको कसुर प्रमाणित भए लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

Previous articleनेपालगन्ज नाकामा हेल्थ डेस्क संचालन, पहिलो दिन १० जनाको कोरोना जाँच, सवैको रिपोर्ट नेगेटिभ (भिडियोसहित)
Next articleभारतबाट आउँदै गरेका एकजना एन्टीजेन पोजेटिभ फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here