नेपालगन्ज नाकामा हेल्थ डेस्क संचालन, पहिलो दिन १० जनाको कोरोना जाँच, सवैको रिपोर्ट नेगेटिभ (भिडियोसहित)

बाँके, ११ चैत ।
कैलालीको टीकापुर घर भई भारतको गोरेगाउँ बम्बई बस्दै आएकी देवेन्द्रा सिंह नेपालगन्ज नाकामा संचालित हेल्थ डेस्कमा कोरोना जाँच गराउने पहिलो ब्यक्ति भएकीछन् । नाकाबाट नेपालगन्ज प्रवेश गर्नै लाग्दा नाकामा खटिएका सुरक्षाकर्मीले स्वास्थ्य जाँच गराएर मात्र जान दिने भनेपछि उनी हेल्थ डेस्कमा गएर स्वाव दिइन् । उनको तत्काल स्वाब संकलन गरि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
उनले बुधवार पहिलो दिन १० जनाको कोरोना परीक्षण गरिएको बताए । बम्बई, दिल्ली, महाराष्ट्र लगायत राज्यबाट आएका नेपालीको कोरोना परीक्षण गर्दै आएको बताए । ‘पहिलो दिन स्वाब परीक्षण गरिएका सवैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगन्ज सरकारले नाकामा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्न निर्देशन दिएपछि काम सुरु गरिएको उनले बताए । उनले स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको हेल्थ डेस्क संचालनमा ल्याएको बताए ।

Previous articleकिनमेलका लागि रुपइडिहा जान रोक
Next article१२ किलो चरेशसहित दुई पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here