रिहानाको शरिरमा आगो लगाउने हनिफ सात वर्षपछि पक्राउ

बाँके, १० चैत ।


ज्यान मार्ने मनसायले डुडुवा गाउँपालिका–६ माइती भएकी २३ बर्षिया रिहाना शेष (ढपाली) माथि आगो लगाएर फरार भएका अभियुक्तलाई बाँके प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । दाईजोको निहुँमा शरिरमा मट्टीतेल छर्की आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरका ७५ बर्षिय हनिफ शेष (ढपाली) लाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।
९ चैतमा नरैनापुर गाउँपालिका–१ सुईयास्थित लुकिछिपी बसेका हनिफलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमको टोलीले उनलाई नियन्त्रणमा लिएर बाँके जिल्ला अदालतमा बुझाएको छ । घाइते रिहाना हनिफको बुहारी र मोहम्मद फरिद शेष ढपालीको पत्नी हुन् । उनीहरुले रिहानासँग दाइजो वापत मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि रिहाना सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
उनको भेरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । त्यसलगत्तै उनीहरु फरार भएका थिए । घटनामा संलग्न रिहानाका पती फरिद र सासु सजहाद खाँ अहिलेसम्म फरार रहेको एसपी रानाले बताए ।

Previous articleभारतमा कोरोना संक्रमण बढेपछि नाकामा कडाई, जमुनाहमा हेल्थ डेस्क राख्ने तयारी
Next articleकोरोना संक्रमण बढेपछि भारतबाट फर्किन थाले नेपाली, नाकामा छैन कुनै सतर्कता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here